• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

बन्दले सुदूरपश्चिमको जनजिवन ठप्प अज्ञात समूहद्वारा बसमा आगजनी

Fm Radio Link

धनगढी,‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा कैलाली जिल्लामा एक सवारी साधनमा आगजनी गरिएको छ भने गाडी रोक्न खोज्ने तीन जना पक्राउ गरिएका छन् ।

 

 

प्रहरीले स्कर्टिङ गरेर गाडीहरु गन्तव्य तर्फ पठाइरहेको भएपनि बिवाहका लागि जान लागेको भन्दै प्रहरीले रोक्दा रोकदै पनि सुखडदेखि भजनीको बाटोमा गएको मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई सित जोड्ने भीमदत्त राजमार्गको गोदावरी खण्डमा बन्दका दिन ‘किन गाडी चलाएको ?’ भन्दै रोक्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले बताए ।

 

 

यसबाहेक कुनै घटना नभएको र बन्दको सामान्य असर रहे पनि सुरक्षा ब्यवस्था कडा पारिएको उनले जानकारी दिए।

 

 

 

प्रतिकृया दिनुहोस