• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

बन्दले सुदूरपश्चिमको जनजिवन पनि ठप्प

Fm Radio Link

 

‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा  कैलाली जिल्लाको धनगढी क्षेत्रमा एक सवारी साधनमा आगजनी गरिएको छ भने गाडी रोक्न खोज्ने तीन जना पक्राउ गरिएका छन् ।

 

 

प्रहरीले स्कर्टिङ गरेर गाडीहरु गन्तव्य तर्फ पठाइरहेको भएपनि बिवाहका लागि जान लागेको भन्दै प्रहरीले रोक्दा रोक्दै पनि सुखडदेखि भजनीको बाटोमा गएको मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई सित जोड्ने भीमदत्त राजमार्गको गोदावरी खण्डमा बन्दका दिन ‘किन गाडी चलाएको ?’ भन्दै रोक्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले बताए ।

 

 

त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।

 

 

बाजुराका दुई स्थानमा शंकास्पद बस्तु : 
उता बाजुरा जिल्लाका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजार र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस