• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

स्थानीय तहमा कर्मचारीको अभाव

Fm Radio Link

नुवाकोट, सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो तर कर्मचारी नपुग्दा नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ ।

 

 

जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र लिखु गाउँपालिकामा आवश्यकताअनुरुप निकै कम मात्र कर्मचारी रहेका छन् ।

 

 

कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानुन निर्माणमा कठिनाइ भइरहेको बताइएको छ । केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो पनि जनप्रतिनिधिको रहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस