• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

‘स्विटजरल्याण्ड सघाउन तत्पर छ’

Fm Radio Link

 

काठमाडौँ, स्विटजरल्याण्डका एकजना वरिष्ठ सरकारी अधिकारीले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन आफ्नो देश तत्पर रहेको बताउनुभएको छ । स्विस विकास सहयोग नियोग (एसडिसी) ले नेपालको विकास प्रयासमा साझेदारी गरेको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा एसडिसीका महानिर्देशकले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

 



अर्थमन्त्री युवराज खतिवडासँग आज अपराह्न अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा एसडिसीका महानिर्देशक म्यानुएल सागेरले नयाँ संविधान कार्यान्वयन गरेर सामाजिक–आर्थिक रुपान्तरणको मार्गमा नेपाल अग्रसर भएकाले त्यस निम्ति स्विटजरल्याण्डले सक्दो सहयोग गर्ने बताउनुभयो । 
 

 


मन्त्री खतिवडाले सार्वजनिक यातायात र सुरुङ खन्ने प्रविधिमा अब्बल स्विटजरल्याण्डबाट नेपाललाई प्रविधि हस्तान्तरण हुन सके दिगो विकासमा टेवा पुग्ने बताउनुभयो । भेटमा नेपालका लागि स्विटरल्याण्डका राजदूत एलिजावेथ फ कपेलरको पनि उपस्थिति थियो । 
 

प्रतिकृया दिनुहोस