• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

फिलिपिन्समा दादुराका कारण ३१५ को मृत्यु, हजारौँ प्रभावित

Fm Radio Link

 

 फिलिपिन्स, फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । 

 


प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । 
यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् । 

 


उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ । 
ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ । 

 


सवैभन्दा धेरै एकदेखि चार बर्षसम्मका उमेर समूहका मानिसमा दादुराको प्रभाव धेरै देखिएको छ । त्यस उमेर समूहका छ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात् ४५ प्रतिशत रहेको छ । 

प्रतिकृया दिनुहोस