• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

अब EPS-TOPIK कोरियन भाषाको परिक्षा शुल्क इसेवाबाटै तिर्न  सकिने, यसरी भर्नुहोस् फारम   (भिडियो सहित )

चैत ८  गते  देखि १७ गतेसम्म इपीएस कोरिया टोपिक परीक्षा शुल्क भुक्तानी हुने

Fm Radio Link

काठमाडौ, वैदेशिक रोजगारीको लागि कोरिया जाने नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शुल्क अब ‘ई सेवा’ बाट सहजै तिर्न सकिने भएको छ । ई सेवाले कोरिया जाने नेपाली सेवाग्राहीहरुको भुक्तानी प्रक्रिया सहज बनाउन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । 

 

चैत ८  गते  देखि १७ गतेसम्म सेवाग्राहीले ‘इ सेवा’ बाट आफैले इपीएस कोरिया टोपिक परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् । परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीको मोबाइल नम्बर र पासपोर्ट उल्लेख गर्नुपर्नेछ ।

 

परीक्षा शुल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएसमार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ ।

 

यो सँगै वैदेशिक रोजगारीको लागि कोरिया जाने नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शुल्क तिर्न रातभरी लाइनमा बस्नु पर्ने झमेलाबाट मुक्त भएका छन् ।

 

परीक्षा शुल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि http://www.eoers.epsnepal.gov.np साइटमा जानुपर्नेछ ।

 

भिडियो सहित 
 

प्रतिकृया दिनुहोस