• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

आगालागीमा बालकको मृत्यु

Fm Radio Link

 

मुग्लिन, चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महीने छोरा शिव चेपाङको मृत्यु भएको हो । 


आगालागीले तीन घरसमेत जलेर नष्ट भएका छन् । रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञानबहादुर प्रजाले जानकारी दिनुभयो । 



शिक्षक प्रजाका अनुसार आगालागी आज अपराह्न २ बजेको समयमा भएको बताइएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिनुभयो । घटनास्थल विकट र टाढा रहेकाले ढिला गरी खबर प्राप्त भएको बुढाथोकीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस