• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

प्राध्यापक दाहालको निधन

Fm Radio Link

 

काठमाडौँ, प्राध्यापक डा मदनकुमार दाहालको ७१ वर्षको उमेरमा काठमाडौँ शिक्षण अस्पतालमा आज निधन भएको छ । उपचारका क्रममा उहाँको आज दिउँसो असामयिक निधन भएको अस्पतालले जनाएको छ । 

 



चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका दाहाल विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुखसमेत हुनुहुन्थ्यो । विश्वविद्यालयबाट अनिवार्य अवकाश लिएपछि उहाँले बैंकिङ क्षेत्र र अर्थ मन्त्रालयको राजश्व परामर्श समितिमा रहेर नेपालको आर्थिक क्षेत्रको उन्नयनका निम्ति योगदान गर्नुभएको थियो । 

 



स्व दाहालका अर्थशास्त्रसम्बन्धी १५ भन्दा बढी पुस्तक प्रकाशन भएका छन् । उहाँको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँकी श्रीमती हुनुहुन्छ । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्राध्यापक, अर्थशास्त्री, उहाँका शिष्य, नेपालको बैङ्किङ क्षेत्रका अगुवालगायत आर्यघाट पुग्नुभएको थियो । 

 



यसैबीच मेगा बैंक लिमिटेडले आफ्ना पूर्वअध्यक्षको निधनमा गहिरो शोक व्यक्त गर्दै प्राध्यापक दाहालका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 
 

प्रतिकृया दिनुहोस