• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

ब्राजिलका पुर्वराष्ट्रपति मिसेल पक्राउ

Fm Radio Link

 

ब्राजिलिया, ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 



राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उहाँलाई पक्राउ गरिएको हो । 



उहाँलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसपछि उहाँलाई संघीय प्रहरीले रियो दि जेनेरियो लगेको छ । 



पुर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नु भएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त हुनुभएको थियो । 



उहाँलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उहाँले आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आउनुभएको छ । 



यस्तै अभियोगमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । यसरी पक्रा पर्ने प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि पक्राउ गरिएको छ । 
 

प्रतिकृया दिनुहोस