• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

लहान महोत्सव २०७५ को तयारी तिव्र गतिमा हुदै

“हाम्रो लहान समृद्ध लहान पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान ”

Fm Radio Link

लहान, “हाम्रो लहान समृद्ध लहान पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान ” मुल नाराका साथ लहान महोत्सव २०७५ को तयारी तिव्र गतिमा हुदैछ ।

 

यही २०७५ चैत २५ गते देखि २०७६ बैशाख १० गते सम्म हुने महोत्सवमा लहान नगरपालिकाको समग्र आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गरी पर्यटन , ब्यापार , कृषि क्षेत्रको प्रवर्धनमा टेवा पुर्याउने आन्तरिक बजार सवलीकरणको लागि उत्थान तथा पर्यटकीय क्षेत्रको विकासमा जोड दिदै ५० करोडको कारोबार गर्ने लक्ष्य रहेको लहान नगरपालिकाका मेयर मुनि लाल साह सुडीले जानकारी दिनुभयो ।

 

उत्तरमा चुरेको फेद, दक्षिणमा तराईको समथर फाँट ,पुर्वमा बलान देखि पश्चिममा धनगढीमाई नगरपालिका सम्म फैलिएको लहान नगरपालिकामा विभिन्न ऐतिहासिक तथा पौराणिक गाथा बोकेका धार्मिक स्थलहरु जस्तै सल्हेस फुलवारी , राजदेवी मन्दिर , मानिकदह , पकडियागढ, काभ्रे महादेव र ब्रहमान स्थान रहेका छन् ।

 

शहरी र ग्रामिण क्षेत्रमा देखिएका विकासका संभावनाहरुलाई पहिचान गरी सुन्दर र समृद्ध लहान निर्माणको लागि महोत्सवले विशेष माहोल बनाउने विश्वास लहान नगरपालिका मेयर साहले लिएको छ । स्थानिय कला सांस्कृतिक झल्किने स्टलका साथै विभिन्न ब्यापारिक ३ सय स्टल रहने आयोजकले जनाएको छ ।

 

महोत्सवमा प्रत्येक दिन ख्याती प्राप्त स्थानिय कलाकार र राष्ट्रिय कलाकार बेजोड प्रस्तुति रहने छ । महोत्सवको समुदघान उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गर्नुहुने आयोजक मुल समितीले जनाएको छ । 

प्रतिकृया दिनुहोस