• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

‘अनुहारको भीड’ सार्वजनिक

Fm Radio Link

काठमाडौं, ६० को दशकपछी कविता लेख्न शुरु गरेका १७ कविहरूको संयुक्त कवितासंग्रह ‘अनुहारको भीड’ आज(शनिबार)  चैत्र ९ गते सर्वनाम थिएटरमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । इन्डिगो इंक पब्लिकेसन्सले बजारमा ल्याएको उक्त कवितासंग्रह बन्दना ढकाल, गुरुङ शुशान्त र राजन मुकारुङले  संयुक्त रूपमा सार्वजनिकीकरण गरेका हुन् ।

 

 

व्यक्तिगत संग्रह नल्याएका १७ जना कविहरुलाई समेटेर कवितालाई संग्रहको रुपमा संग्रहित गर्ने काम  कवि एवं पत्रकार नवीन प्यासीले गरेका हुन्  । अनमोल कँडेल, अर्पण उत्कर्ष, विवस बाबु, विनय सरगम, विष्णु सन्यास, जनक कार्की, जयन्ती मगर सरगम, मनोज मुश्किल, मनोज विश्वकर्मा, नवीन प्यासी, निर्भीकजंग रायमाझी, रसिक राज, समर्पण श्री, सम्पदा रिजाल, शरद ऋतु, शिखर भट्ट र सुरज रानाका कविताहरू संग्रहित उक्त कविता संग्रहमा आवरण चित्र कवि एवं चित्रकार रसिक राजको रहेको छ ।

 

 

“हामी चिठीपत्र, रेडियोको पुस्ता भन्दा पछाडिको पुस्ता एवं  र प्रविधिको उस्ताद हाम्रा भाइबहिनीका पुस्ता भन्दा अगाडीको पुस्ता हौ, जो आफैंमा अधकल्चो लाग्छ मलाई।”, कार्यक्रम औपाचारीक रुपमा सुरुवात गर्दै कवि प्यासीले बताए । “यस संग्रह हामीले बाँची आएको समयलाई कसरी हेर्छौं भन्ने प्रश्नको उत्तर हो जस्तो लाग्छ। यस कवितासंग्रह यहाँहरुलाई दृष्टिकोणहरूको भीड पनि लाग्न सक्छ । तर यो कविता संग्रह ती दृष्टिकोणहरूको भीड हो, जुन दृष्टिकोणहरूले एउटै कुरालाई फरक तरिकाले हेर्छन्”, उनले बताए।

 

 

१७ जना कवि मध्ये जयन्ती मगर सरगम(जापान), जनक कार्की(दुबई), सुरज राना(दुबई) एवं सम्पदा रिजाल(शारीरिक अस्वस्थता)का कारण विमोचन कार्यक्रममा अनुपस्थित रहे ।

 

 

पछिल्लो सामाजिक परिवर्तनको द्रुत गति एवं राजनीतिक परिवर्तन झेलेर आएको ‘डिप्रेस्ड’ र ‘फ्रस्टेड’ पुस्ताले लेखेका यी १०२ कविता नयाँ शैली र शिल्पको रहेको टिप्पणी वक्ताद्वय उपन्यासकार राजन मुकारुङ एवं बन्दान ढकालको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस