• २०८१ बैशाख १९ बुधबार / Wednesday, May 01

सुरु भयो गहुँ कटानी, किसानलाई मजदुरको अभाव 

Fm Radio Link

अन्सार अन्सारी/हरिनगर, सुनसरीको सीमावर्ती हरिनगर र देवानगंज गाउँपालि क्षेत्रका किसानहरु कार्तिकमा लगाएको गहुँ बाली कटानी सुरु गरेका छन् ।


खेतभरी गहुँ पाकेको छ, गहुँ काटने मजदुर नै पाँउदैन चिन्तित हुँदै एक किसानले भने । स्थानिय किसानहरु यसपालिको गहुँबाली राम्रो भएको बताउँछन्, तर काम गर्ने मजदुरको भने अभाव छ । गहुँ काट्ने मेसिन छन् तर सानो क्षेत्रमा लगाएको खेतीमा जना मान्दैनन् । त्यसकारण स्थानिय किसानहरु मजदुर कै भर पर्छन् । कृर्षक बिकाश कुमार पौदार सँगै धेरै जसोलाई यहि समस्या छ  । 


गहुँ निकै पाकेर भित्र्याउने  समय हुँदा समेत भित्र्याउन पाको छैन । वहाँ जस्तै अर्का घुस्किका किसान अकरम अलिले समेत सीमावर्ती क्षेत्र र बालुवा भएको क्षेत्रमा बढी मात्रामा गहुँहरु पाकेको भएपनि गहुँ काट्ने मजदुर अभाव भएकाले समस्या भएको बताउनुभयो ।


पुरुषहरु अधिकांश विदेश कमाउन गएको र महिलाहरु समेत अरुको खेतमा जनबौनी गर्न छडेकाले सुनसरीका गहुँ किसानलाई गहुँ काट्ने मजदुर अभाव भएको अलिको भनाइ छ । सुनसरीमा १७ हजार हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको छ ।
 

प्रतिकृया दिनुहोस