• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

डिभिजन वनद्धारा सवा २ लाख बराबरको फायर फाइटिङ्ग सामाग्री वितरण

Fm Radio Link

राम अवतार चौधरी/कपिलवस्तु, कपिलवस्तुको डिभिजन वन कार्यालय गौतमबुद्घले गर्मि मौसम बढेसंगै वन जंगलमा हुन सक्ने संभावित वन डढेलो नियन्त्ररण तथा व्यवस्थापनका लागि विभिन्न सरोकारवाला निकायहरुलाई बुधबार फायर फाइटिङ सामाग्री हस्तान्तरण गरेको छ । डिभिजन वनले विभिन्न संस्थालाई करिब सवा २ लाख बराबरको सामाग्री वितरण गरेको हो ।

 

डिभिजन कार्यालयका प्रमुख वन अधिकृत दुर्गा बहादुर कार्कीले सामाग्रीहरु हस्तान्तरण गर्दै गर्मि मौसममा हावा हुरी तथा मानविय विभिन्न क्रियाकलापले वनमा डढेलो लाग्न सक्ने हुदाँ सो डढेलोलाई सहजै नियन्त्रणमा लिनको लागि सामाग्री प्रदान गरिएको कार्कीले बताउनुभयो ।

 

वनमा आगलागी भइसकेपछि आगो नियन्त्रण के कसरी गर्ने र सामाग्रीहरु कसरी प्रयोग गर्ने भन्ने प्रशिक्षण दिदँै सामाग्री वितरण गरिएको हो । वनमा आगो लागि हाल्यो भने आगो नियन्त्रणका लागि सक्रिय हुने शसस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सामुदायिक वनहरुलाई फायर फाइटिङ्ग सामाग्री प्रदान गरिएको कार्कीले बताउनुभयो ।

 

डिभिजन वन कार्यालय गौत्तम बुद्धले शसस्त्र प्रहरी नेपाल बाहिनी मुख्यालय रुपन्देही नं. ५ चन्द्रौटा, वडा प्रहरी कार्यालय चन्द्रौटा, एकिकृत सुरही सामुदायिक वन उपभोक्ता समुह शिवपुरलाई फायर फाइटिङ्ग सामाग्री, वाटर ज्याकेट, हेल्मेट, माक्स, ग्लोप्स, बेल्चा, लगायत अन्य सामाग्री गरि शसस्त्र प्रहरीलाई ७९ हजार ४ सय पचास ,वडा प्रहरी चन्द्रौटालाई पनि सोही बराबरकै सामाग्री र सामुदायिक वनलाई ५८ हजार ४ सयको सामाग्री वितरण गरिएको सहायक वन अधिकृत रामचन्द्र शाहले बताउनुभयो ।

 

सामाग्री पाए पछि आगलागी नियन्त्रणमा सहज हुने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताउनुभयो । आगलागी नियन्त्रणका क्रममा सबै भन्दा पहिले अगाडी बढ्ने नेपाल प्रहरी र शसस्त्र प्रहरी नै जोखिम मोलेर भएर पनि आगो नियन्त्रण गर्नुपर्छ सहयोगी सामाग्रीले जोखिम कम हुने उपाध्यायले बताउनुभयो ।

 

डिभिजन वन कार्यालयले वन डढेलो तथा व्यवस्थापन नियन्त्रणका लागि डिभिजन वन कार्यालय चन्द्रौटाका प्रमुख कार्कीको संयोजकत्वमा १० सदस्यीय वन डढेलो रोकथाम तथा नियन्त्रण सन्जाल समेत गठन गरेको छ । संजालले वन डढेलो नियन्त्रका लागि सम्बन्धित निकायहरु संग समन्वय गरि परिचालन गर्ने र सबै सब डिभिजन स्तरमा वन डढेलो नियन्त्रण तथा रोकथाका लागि सक्रिय भइ काम गर्ने प्रमुख कार्कीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस