• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

शनिबारे पढाई शिविरमा बालबालिकाको उत्कृष्ट सहभागी

धुलो, माटोमा खेलेर बरालिएर समय बिताउने बालबालिकाहरु आजभोलि रमाउदै

Fm Radio Link

डि.एन चौधरी, उदयपुर । शनिवार भन्ने बित्तिकै भुतुक्कै भएर धुलो, माटोमा खेलेर बरालिएर समय बिताउने बालबालिकाहरु आजभोलि रमाउदै शिविरमा विभिन्न क्रियाकलाप गर्दै आ–आफनै शैलीले पढने शिपको बिकास गरिरहेका छन ।उदयपुरको ताप्ली गाँउपालिकामा सञ्चालन भएको पढाइ शिविरले बालबालिकाहरुलाई शनिवारको पहिचान फरक बनाउन सहयोग पुगेको छ शिविरमा सुनकोशीको तीर देखि इनामेको डाडाँसम्मका वालवालीकाहरु सहभागी उत्कृष्ट हुने गरेको सहजकता सरितापौडेलले बताउनु भयो  ।

 

वल्र्ड भिजन इन्टर नेशनल नेपालको सहयोगमा जाल्पा एकिकृत विकास समाजले संचालन गरिरहेको “सिकाइ अवसरका लागि पहुँचमा प्रबर्धन” परियोजना अन्र्तगतको सिविर, ताप्ली गाँउपालिकाको वडा नं १,२,३,र ५ मा मंशिरदेखि सन्चालनमा रहेको छ ।

शनिबारे पढाई शिविर बालबालिकाहरुमा पढ्ने बानीको विकास गराउने उद्धेश्यले समुदायमा सन्चालन हुने नब्बे मिनेटको रमाइलो साक्षरता कक्षा हो । जहाँ कक्षा १ देखि ३ सम्मका बालबालिकाहरु सहभागी हुने गर्दछन् । शिबिरमा शिबिर सहजकर्ताले पठनपाठन शीपका पाँच तत्वहरु हासिल गराउने उद्देश्यले विभिन्न सात चरणहरु अपनाएर कक्षा  सन्चालन गर्ने गरेको जाल्पा एकिकृत समाज विकासका अध्यक्ष पुष्प पोखरेलले बताउनु भयो ।

बालबालिकाहरुको पहिलो रोजाइमा रहने खेलको समयदेखि दैनिक टिपोट शिर्षकमा आज मैले के गरेँ भन्ने कुरा कोरेर बालबालिकाहरु आाफ्नो घर फर्कने गर्दछन् । खेलको समयमा खेल खेलेर रमाएपछि बालबालिकाहरु गित गाउछन्, आफनो रोजाइको कथा सुन्छन् र उमेर र तह अनुसारका प्रतिकृया सुनाउने गर्दछन र कथामा राम्रा लागेका चित्र कोर्ने गर्दछन् । यसरी कक्षा सकेर रमाउँदै घर फर्किएका वालवालीकाहरु कहिले आउछ शनिवार भनेर घरमा बुवा आमालाई सोध्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस