• २०८१ बैशाख १९ बुधबार / Wednesday, May 01

पानी ट्याङ्कीमा डुबेर दार्चुलामा एक महिलाको मृत्यु

Fm Radio Link

दार्चुला,दार्चुलामा पानी भर्दै गर्दा ट्याङ्की (नौँलो)मा डुबेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका २ कुणी निङ्ल्यापातलमा रहेको पानी ट्याङ्की (इनार)बाट पानी भर्ने क्रममा कुणी (कट्टया) बस्ने गौरा धामीको मृत्यु भएको हो ।

 

 

मंगलबार दिउँसो घरबाट पानी भर्न निङ्ल्यापातल ट्याङ्कीमा गएकी धामीको पानी भर्दै गर्दा ट्याङ्कीमै डुबेर मृत्यु भएको लेकम–५ का स्थानीय हरिप्रसाद जोशीले जानकारी दिए ।

 

‘जीवन बचाउन पिठ्युमा पानी बोक्दै आएकी धामीको पानी कै काल बनेर आयो ।’ जोशीले भने, कुणीमा खानेपानी समस्याका कारण वालवालिकाहरुको पठनपाठन प्रभावित भएको छ, घण्टौ हिँडेर पानी बोक्दा र रातीको समयमा समेत जाग्राम बसेर पानी कुर्दाका समस्या भनेर साध्य छैन् ।’ तीनओटा बालबालिकाकी आमा समेत रहेकी अन्दाजी २६ बर्षीया धामीको निधनपछि कुणी शोकमा डुबेको छ ।

 

प्रतिकृया दिनुहोस