• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

धुनीबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Fm Radio Link

धादिङ,धुनीबेसी ९ बाहुनडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट चितवनतर्फ जादै गरेको ना ६ ख ११७९ नं. को ट्रकले काठमाडौँँ जादै गरेको ना ५२ प ४९३७ नं।को मोटरसाईकललाई बुधबार दिउँसो ठक्कर दिएको थियो । ठक्कर पछि घाईते भएका मोटरसाइकलका चालक चितवन टाडी न।पा।१३ बस्ने १८ वर्षीय बिवश पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

 

 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार चितवन टाडी न।पा।१६ बस्ने २४ वर्षीय समिर श्रेष्ठ घाईते भएका छन् । उनको बि.एण्ड.बि. अस्पताल ललितपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस