• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

आज पनि देशका धेरै ठाउँको मौसम बदली  हुने 

Fm Radio Link

काठमाडौं, आज पनि देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले गरेको अनुमान अनुसार आज र भोली देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । मौसमविद्ले पर्सी सोमबार सम्म सचेत रहन सर्वसाधारणलाई समेत आग्रह गरेका छन् ।

 

देशका केहि स्थानमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षात्को सम्भावना रहेको महाशाखाका मौसमविद् शान्ती कँडेलले सीआइएनसंग बताउनुभयो । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । बिहान ९ बजेपछि भने मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने अनुमान छ । तर पूर्वमा भने मौसम खुल्ने संभावना कम देखिन्छ ।  
 

प्रतिकृया दिनुहोस