• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

लहानमा लहान महोत्सव २०७५ सुरु

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल द्धारा उद्घाटन

Fm Radio Link

अनिल चौधरी/लहान, सिरहाको लहानमा लहान महोत्सव २०७५ सोमबारबाट सुरु भएको छ । २०७५ चैत २५ देखि २०७६ वैशाख १० गते सम्म हुने महोत्सवको सोमबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उदघाटन गर्नु भएको छ ।

 

बहुजाति , बहुभाषिक तथा बहुसांस्कतिक विशेषता बोकेको लहान नगरपालिका प्रदेश नं. २ तथा मिथिलाको प्रमुख पर्यटकीय , सांकृतिक र ब्यापारिक केन्द्र विन्दुको रुपमा निर्माण हुने क्रममा रहेको सल्हेश फुलबारी , राजदेवी मन्दिर ,मानिकदह , काभ्रे महादेव , पकडियागढ र ब्रहमान स्थान लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई  राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनु महोत्सवको मुख्य उदेश्य रहेको लहान नगरपालिकाका उप मेयर सरियार चौधरी स्वागत मन्तब्यमा बताउनु भयो ।

 

लहान नगरपालिकाको नारा हाम्रो लहान समृद्ध लहान सफलहोस भन्ने कामनाका साथ यस क्षेत्रको विकास स्थानिय सरकार र प्रदेश सरकारले गर्न नसकेको खण्डमा संघिय सरकारले त्यो पुरा गर्ने बाचा उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले बताउनु भयो ।  महोत्सवको उदघाटन समारोहमा थारु समुदायको सांस्कृतिक झल्किने झाकी प्रदर्शन भएको थियो । महोत्सवमा विभिन्न प्रकारका घरेलु सामग्री , औधोगिक बस्तु , स्थानिय किसानले उत्पादन गरेको सामग्री , स्वास्थ्य सेवा , भेटनरी , औषधि उपचार लगायत अन्य बस्तुहरुको स्टल गरी जम्मा २ सय ५० वटा स्टल रहेको जनाएको छ ।

 

विभिन्न कला सांस्कृतिक झल्किले मनोरञ्जनात्मक नृत्य तथा गायन प्रदर्शन स्थानिय र राष्ट्रिय स्तरका कालाकारहरुले प्रदर्शन गर्ने आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस