• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

अन्तर्घात र गुटको अन्त्य पोखराबाट दिनुपर्छ : देउवा

Fm Radio Link

पोखरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा हुने उपचुनावबाट अन्तरघात अन्त्य गर्नुपर्ने बताएका छन् । 

 

नेपाल महिला संघ पोखरा महानगर समितिले नयाँ वर्ष २०७६ सालको शुभारम्भको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पोखरामा हुने उप चुनावबाट गुट, उपगुट र अन्तरघातको अन्त्य गर्नुपर्ने बताएका हुन् । 

 

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सरकारले एक वर्षमा एउटापनि काम गर्न नसकेको शुक्रबारपनि दोहो¥याए । उनले भने, ‘वर्तमान सरकारले एक वर्षमा एउटापनि राम्रो काम गर्न सकेको छैन, बरु भ्रष्टाचार र वलात्कार बढेको छ ।’

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको १० महिना भित्र महाधिवेशन नभए कांग्रेसलाई अपुरणीय क्षेति पुग्ने चेतावनी दिए । कम्युनिजम रोक्नका लागि तोकिएको मितिमा कांग्रेसले महाधिवेशन सक्नुपर्ने उनको भनाई थियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस बरिष्ठ नेता पौडेलले वर्तमान सरकारले कम्युनिष्टको रातो झण्डा ओढेजति सबैलाई भ्रष्टाचारमा छुट दिएको आरोप लगाए । 

 

नेकपा महासचिव विष्णु पौडेल भुमाफियाबाट ठगिएको भनेर सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको भन्नुपनि त्यसैको एउटा रुप भएको उनको टिप्पणी थियो । नेता पौडेलले प्रधानमन्त्रीले भन्दैमा स्वर्गिय रविन्द्र अधिकारीले वाइड वडी विमान खरिदको भ्रष्टाचारमा उन्मुक्ति नपाउने बताए ।

 

वाइड वडी विमान खरिद प्रक्रिया स्वर्गिय अधिकारी पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएकै बेला बढेको र भ्रष्टाचारमा उनीपनि मुछिएकाले प्रधानमन्त्रीले भन्ने वित्तिकै अधिकारीले उन्मुक्ती नपाउने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस