• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

माइतीघरमा खबरदारी सभा, तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

गुठी विधेयक खारेज गर्न माग गर्दै एक लाख नागरिकको जनसहभागिता

Fm Radio Link

काठमाडौं, सरकारले ल्याएको गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघरको खबरदारी सभा क्षेत्रमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

राजधानीको विभिन्न ठाउँबाट झाँकीसहितको जुलुस माइतीघर मण्डलामा भेला हुने क्रम अझै पनि जारी छ । सरकारले बुधबार गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै विभिन्न जातीय, धार्मिक संघसंस्था र अभियन्ता माइतीघरमा भेला भैरहेका छन् ।

 

सुरक्षाका लागि गृह मन्त्रालयले माइतीघर क्षेत्रमा तीन हजारभन्दा बढी परिचालन गरिएको जनाएको छ । गुठी विधेयकको विरुद्धमा भएको आन्दोलन शान्तिपूर्ण बनाउन ठूलो संख्यामा प्रहरी परिचान गरिएको गउहले जनाएको छ । 

 

उच्च सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन हजार बढी सुरक्षाकर्मी माइतीघर आसपासका क्षेत्रमा परिचालन गरिएका छ । सादा पोसाकका प्रहरीको संख्या समेत बढाइएको छ ।

 

प्रहरी माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा परिचालन भएका छन् । पानी ट्याङ्क, अश्रुग्यास र गोठी गठ्ठासहित उनीहरु तैनाथी अवस्थामा बसेको छ । 

विरोध सभामा करिब एक लाख हाराहारी नागरिकको जनसहभागिता रहेको संघर्ष समितिहरुले दाबी गरेका छन् ।  आन्दोलनकारीहरुले विधेयक संसदबाट खारेज नगरेसम्म आन्दोलन चर्काउने बताउदै आएका छन् । 

प्रतिकृया दिनुहोस