• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

मनोकामना पुरा गर्ने घटालथान 

भारतिय प्रर्यटको संख्या बड्दै

Fm Radio Link

भोजराज पन्त/कञ्चनपुर, पुर्वपश्चिम राजमार्गको सामा दैजी चौराहा बाट करिव दुई किलोमिटर उत्तर तर्फ हिडेपछि घटालथान मन्दिर पुग्न सकिन्छ  । यो मन्दिर कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिमा वडा –४ मा पर्दछ । डलेल्धुरा जिल्लाको डोटी गैरामा रहेको घटालथानकै प्रतिकको रुपामा यस थानलाई लिईने गरिन्छ । राजा महेन्द्रले समेत पुजा गरेको घटालथानको संरक्षण र पूवार्धार निर्माणमा भने गति लिन सकेको छैन ।

 

घटालथान गैरा डोटीको जस्तै पुजा आजा गर्ने भक्तजनको आवतजावत उल्लेखनीय देखिन्छ । मंगलबार र शनिबारको दिन भक्तजनहरुको उल्लेखनीय उपस्थीती रहने गरेको स्थानिय भिम बहादुर भाट भन्छन्  । उनले भने,  यहाँ हरेक दिन भक्तजन आउने गर्द छन । आफुलाई परेको समस्या समाधानका लागी घटाल बाबालाई पुर्काछन् । अधिकाशंको मनोकामना पुरा हुन्छ । मनोकामना पुरा भएका मानिसहरु आफुले सक्ने त्रिशुल, झण्डा, घन्टी, अगरवत्ती लगाएतका सामाग्री चडाउने गर्दछन् ।

 

मनोकामना पुरा भएपछि कोहीले त बोका, कुखुरा जस्ता पशुवली समेत दिने गरेका छन् ।  नयाँ सवारी साधन खरिद गरेर पुजा गर्नेहरुको पनि उल्लेखनीय सहभागी रहने गरेको भाटले बताए । नगरले जसरी लिङ्गा, बेदकोटलाई हर्ने गरेको छ, त्यसरीनै घटालथानलाई हेर्नु जरुरी रहेको छ । 

 

नगर, प्रदेश र केन्द्रको बजेट पहुँच भएको ठाँउमा केन्द्रीत भएकाले घटालथानको बिकास हुन नसकेकोे हो । मन्दिरको जमिन प्रस्त रुपमा रहेको समयमै संरक्षण गर्नु पर्ने देखीन्छ मन्दिरमा पुजा गर्न आएका भक्त महेस भाटले भने । घटालथानमा कञ्चनपुर, कैलाली, डडेलघुरा, छिमेकी राष्ट्र भारत बाट समेत भक्तहरु आउने गरेका छन् । 

 

भारतको पुर्णागिरीको दर्शन गरेर घटालथान आउने भारतिय प्रर्यटको संख्या बड्दै गएको स्थायिन लोकराज बोहरा भन्छन् । मन्दिरको व्यवस्थापन राम्रो नभएकाले भक्तजनहरु गुनासो गर्ने गरेको बोहराले बताउनु भयो ।

 

पुरानो धार्मीक ठाँउ भएपनि प्रचार प्रशारको कमिले र सरकारको समेत ध्यान पुग्न नस्कदा आर्थिक अभावका भएको स्थानिय शिक्षिका बसन्ती पन्तले बताईन । उनले भनिन् यहाँ ठाँउ धेरै छ नजिकै पानिको मुहान छ । त्यसैले यो ठाँउलाई धार्मीक मात्र नभएर बनभोज खाने क्षेत्रको रुपमा पनि बिकास गर्न सकिन्छ  ।  समय अनुकुल बनभोज खाने ठाँउको विकास भए आन्तरीक र वाह्य प्रर्यटक भित्रा¥याउन सकिन्छ । 

 

बेदकोट नगरपालिकाले मन्दिर परिसरमा खानेपानि, सौचालय निर्माणमा, रंगरोगन, मन्दिर सम्म पुग्ने बाटोको स्तरउन्नती गरेको वेदकोट नगरपालिकाका नगरप्रमुख असोक कुमार चन्दले बताए । मन्दिरको थप व्यवसथापनका लागी प्रदेश सरकार र केन्द्रसरकार बाट समेत अर्थिक जुटाउने कार्य भैरहेको नगरप्रमुख चन्दले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस