• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

उद्धारकार्य सकिएको सरकारको दावी, अब पुनस्थापनामा जोड दिइने

Fm Radio Link

काठमाडौं,बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार कार्य सकिएको सरकारले जनाएको छ । गृह मन्त्रालयका अनुसार उद्धारपछि घर फर्कन मिल्ने फर्किन थालेका छन् ।

 

अझैँ घर फर्कनसक्ने अवस्था नभएकाहरूलाई स्थानीय सरकारले शिविरमा राखेर संरक्षण गरिरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ अनुसार काम भइरहेको उहाँको भनाइ छ ।

 

ऐन्अनुसार राहत र उद्धारको भूमिकामा स्थानीय सरकार रहनेछन् । स्थानीय सरकारले धान्न नसक्ने भएमा र थप सहयोग चाहिएमा प्रदेश सरकारले आफ्नो तहबाट विपद्का लागि राहत र सहयोग गर्छ । केन्द्रले सबैलाई एकै छातामा राखेर विपद्का बेला काम गर्ने वातावरण र अत्यावश्यक सहयोग जुटाउने गरेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकायलाई तत्काल उद्धारका लागि परिचालन गरिएको छ । बाढी, पहिरो र डुबानमा परी हालसम्ममा ६० भन्दा धेरै नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस