• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

गर्भवती हुँदा अचारको सेवनः फाइदा वा हानीकारक ?

Fm Radio Link

एजेन्सी,  गर्भवती महिलाका लागि खास कुनै चिज खाने इच्छा तीव्र हुन्छ । गर्भवती भएको बेलामा धेरै अमिलो र चटपटे खानेकुरा खाने इच्छा हुने गर्छ । यस्तो बेला गर्भवती महिलाले सतर्कता अपनाउनु पर्छ ।

 

गर्भवती अवस्थामा शरीरमा धेरै प्रकारका हर्मोनले परिवर्तन ल्याउँछ । त्यसको असर खानपानदेखि मानसिक अवस्थासम्म पर्छ । धेरै गर्भवती महिलाले अचार वा अन्य कुनै अमिलो खाना मन पराउँछन् ।

 

गर्भवती महिलाले अमिलो, पिरो खानेकुरा खान हुन्छ कि हुँदैन ?

गर्भवती महिलाले धेरै मात्रामा अमिलो खाएमा आमा र पेटको बच्चा दुवैमा असर गर्न सक्छ ।

गर्भवती महिलाले कुनै खास खानेकुरा खान खोजेको अवस्थालाई अंग्रेजीमा क्रेविंग भनिन्छ ।

नेपालमा भने ठाउँअनुसार फरक फरक भाषामा यसलाई सम्बोधन गरिन्छ ।

 

गर्भवतीले अमिलो खाँदाका फाइदा

 

१. प्रतिरक्षा प्रणाली :- गर्भवती महिलाले अचार वा अमिलो खानेकुरा खाँदा ध्यान दिनुपर्छ ।

 

काँचो आँप, अमला, गाजरबाट बनेको अचारमा भिटामिन, क्याल्सियम, आइरन, पोटासियमलगायतका धेरै प्रकारका पौष्टिक तत्त्व हुन्छ । यसले महिलामा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउन मद्दत गर्छ ।

 

२. पाचन प्रणाली :- अचारमा राम्रो ब्याक्टेरिया धेरै हुन्छन् । जसले गर्भवती महिलाको पेटमा पुगेर राम्रो ब्याक्टेरिया बढाउन सहयोग गर्छ । यसले पाचन प्रकृयामा देखिएका समस्या समाधानमा सहयोगी बन्न सक्छ ।

 

३. आवश्यक तत्वको पूर्ति :- गर्भमा रहेको शिशुको स्वास्थ्य पनि गर्भवती महिलाले खानेकुरासँग जोडिन्छ । महिलाको शरीरमा पोटासियम, सोडियमलगायतका खनिजको ब्यालेन्स हुन जरुरी हुन्छ । अचारको सेवनले शरीरमा खनिज तत्वको सन्तुलन कायम गर्न सहयोग गर्छ ।

 

गर्भवतीले अचार खाँदाका बेफाइदा

 

१. ब्लड प्रेसर :- अचारमा सोडियमको मात्रा धेरै हुन्छ । त्यसले गर्भवती महिलाको ब्लड प्रेसरको समस्या हुनसक्छ ।

यसले गर्भवती महिलालाई मात्र होइन, पेटमा भएको बच्चालाई समेत नकारात्मक असर गर्छ ।

 

२. डिआइड्रेशन :- अचारमा सोडियमको मात्रा धेरै हुने कारणले गर्भवती महिलामा डिहाइड्रेशनको समस्या हुन्छ ।

शरीरमा पानीको कमीले गर्भवती महिलालाई मात्र नभएर शिशुलाई समेत समस्या निम्त्याउन सक्छ ।

 

३. एसिडिटी :- अचारको अत्यधिक सेवनले गर्भवती महिलाको एसिडिटीको समस्या हुन्छ ।

त्यसको असरले टाउको पोल्ने वा दुख्ने, पेट दुख्ने लगायतका समस्या निम्तिन सक्छ ।

 

४. सुन्निनु :- शरीरमा पानीको कमीले गर्भवती महिलामा सुन्निने समस्या देखा पर्छ । अचारको अत्यधिक सेवनले शरीरमा सोडियमको मात्रा अधिक हुन्छ र त्यसै कारणले गर्दा गर्भवती महिलाको शरीर सुन्निने समस्या देखा पर्छ ।

 

ध्यान दिनुपर्ने कुराहरु

१‍ गर्भवती महिलाले डिहाइड्रेशनको समस्याबाट बच्नका लागि अचारको सेवन थोरै मात्रामा गर्नुपर्छ । अचार खाएको अवस्थामा पानीको सेवन पर्याप्त गर्न आवश्यक हुन्छ ।

 

२‍ बजारको अचार सकभर खानु हुँदैन । अचार सेवन गर्दा घरमै बनाएको र सकभर ताजा अचार खानु रामे मानिन्छ ।

 

३‍ गर्भवती महिलालाई ग्याट्रिकको समस्या छ भने अचार खानु हुँदैन । अचारले थप समस्या निम्त्याउन सक्छ ।

 

​​​​​​​४‍ ​​​​​​​कसैकसैलाई अचार खादा एलर्जी हुने समस्या हुन्छ । यस्तो अवस्थामा अचारको सेवन गर्नु हुँदैन ।

 

प्रतिकृया दिनुहोस
Radio System
२०७६ श्रावण २३ बिहीबार

मिन्स भएको कति दिनदेखि सम्पर्क राख्ने र मिन्स भएको कति दिन पछि बच्चा बस्छ ?

काठमाडौ, पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको...

Radio System
२०७६ श्रावण २३ बिहीबार

विवाहित पुरुष पराई स्त्रीसँग सल्किनुको कारण यस्तो छ !

एजेन्सी । विवाह पश्चात पुरुष होस् या महिला तेस्रो व्यक्तिसँग...

Radio System
२०७६ श्रावण २४ शुक्रबार

एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन युवतीहरु ? एक अध्ययन

एजेन्सी । स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ ।...

Radio System
२०७६ श्रावण २८ मंगलबार

हस्तमैथुन गर्नुहुन्छ ? यो जान्न आवश्यक छ ?

एजेन्सी, हस्तमैथुनलाई लिएर मानिसहरुमा कयौं भ्रम हुन्छन्। कयौं मानिसहरु यसलाई...