• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

जापान जाने कामदारको भाषा परीक्षा कात्तिक ११ र १२ गते हुने

Fm Radio Link

काठमाडौं : नर्स र केयरगिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी कात्तिक ११ र १२ गते हुने टुंगो लागेको  छ ।  केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो ।

सोही छलफलका आधारमा भाषा परीक्षा र सिप परीक्षणको मिति टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले जानकारी दिनुभयो । भाषा परीक्षामा पास भएका कामदारको सिप परीक्षण पनि कात्तिक १९ र २० गते गरिने भएको छ ।

 

भाषासँगै सिप परीक्षणमा सहभागि भई उत्तीर्ण भएका कामदारहरु रोजगारीका लागि जापान जान पाउने छन् । समझदारीमा पारित मस्यौदा अनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने ४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ ।

 

सहसचिव उमेश ढुंगानाका अनुसार कामदारले एकपटक जापानी भाषा परीक्षा पास गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।

प्रतिकृया दिनुहोस