• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

आज पश्चिम तथा मध्य क्षेत्रमा भारी वर्षा हुने

Fm Radio Link

काठमाडौं, आज देशको अधिकांश स्थानमा मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थान र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ ।

 

देशको पश्चिम तथा मध्य भू भागको एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

 

हाल देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

प्रतिकृया दिनुहोस