• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

कैलालीमा सर्पको टोकाइबाट एक महिलाको  मृत्यु , छोराछोरीको बिचल्ली

Fm Radio Link

धनगढी, कैलालीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका( १ घोडाघोडीमा सर्पको टोकाइबाट विहिवार विहान ३२ वर्षिया रानीपुरा न्यौपानेको मृत्यु भएको हो ।

विहान कच्ची भान्सामा खाना पकाउदै गरेकी ३२ वर्षिया रानीपुरा न्यौपानेको कुनामा राखेको खुर्सानी झिक्ने क्रममा हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउदा उनको ज्यान गएको हो ।

५ नावालक छोराछोरी वाहेक घरमा पाको मान्छे नभएको उनी छिमेकीलाई समेत खवर नगरी आफै नजिकैको सुखड बजार मेडिकलमा दौडिदै पुगेको र मेडिकलवाट सर्पले टोकेको धनगढी जान सल्लाह दिएपछि मात्र उनलाई गौरिगंगा नगरपालिका बडैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो । केन्द्रले धनगढी सेती अंचल अस्पताल रिफर गरेपनि अन्तिम अवस्थामा रहेकोले उपचार हुन नसकी निधन भएको हो ।

एक कट्ठा ऐलानी जग्गामा बस्दै आएको उनको परिवारमा श्रीमान शंकर न्यौपाने रोजगारीका लागि भारत गएको ४ दिन मात्र भएको छिमेकी धनलक्ष्मी शाहिले बताइन् । कलिलै उमेरमा विबाह गरेकी न्यौपानेको १० , ८,५ र ४ वर्षका ४ छोरी छन् भने ७ महिनाका एक छोरा रहेका छन् ।

Image may contain: 4 people, people standing, child and outdoor

उनको निधनसंगै ५ नावालाक छोराछोरीको विचल्ली भएको छ । नावालक छोराछोरीको संरक्षण ,लालनपालनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाले सहयोग गर्नुपर्ने छिमेकी शाहीले बताइन् ।

प्रतिकृया दिनुहोस