जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको प्रचण्डको भनाइ
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
आज ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो सम्भावना औंल्याउनुभयो । अध्यक्ष प्रचण्डले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याउनुभयो ।
कम्युनिस्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनता यिनलाई पनि लखेट्नपर्छ भनेर नागरिक नै उठ्न सक्ने तर्फ सचेत रहन पनि प्रचण्डले बताउनुभयो । प्रचण्डले मार्क्स्वादलाई अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस5>