• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

विप्लव समूहका कास्की इन्चार्ज सहित २ जना पक्राउ

Fm Radio Link

पोखरा ।

नेत्रविक्रम चन्द (विप्लव)समूहका कास्की इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका(२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । उनी स्याङ्जा इन्चार्ज समेत रहेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी  दिए । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महीना पक्राउ परिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस