• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

आस्थाकै आधारमा पत्रकार पक्राउ बन्द गर्न महासंघ गण्डकीको माग

Fm Radio Link

पोखरा ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले  महासंघका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक ओम हमाललाई कास्की प्रहरीले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलद्धारा जारी विज्ञप्तीमा केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्की सहित देशभर पत्रकारहरु माथी धरपकड मात्र हैन, लुकी लुकी हिड्नुपर्ने अवस्था सिर्जना गरेकोमा आपत्ति जनाईएको छ । महासंघले यस्ता कार्य तत्काल बन्द गर्न र पत्रकारहरुलाई स्वतन्त्र पुर्वक काम गर्न दिन तथा पत्रकार हमालको ससम्मान रिहाइको जोडदार माग गरिएको छ । हमाललाई आज विहान कास्की प्रहरीले लेखनाथको शिशुवाबाट पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले पक्राउ परेका पत्रकार ओम हमालको यथाशीघ्र रिहाईको माग गरेको छ । महासंघ कास्कीका साघारण सदस्य तथा जनसंचार डटकमका संचालक सम्पादक हमाललाई आज विहान कास्की प्रहरीले लेखनाथको शिशुवाबाट पक्राउ गरेको थियो । शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रष्टाचार, अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका हमालको पक्राउ प्रति खेद व्यक्त गर्दै रिहाईको माग गरिएको छ । पत्रकार हमाल जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा गण्डकी धौलागिरीका संयोजक हुन् ।
 

प्रतिकृया दिनुहोस