• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

नेपालमा चुच्चे ओखरको खेति, मध्य पहाडका ५७ जिल्लामा सम्भावना

Fm Radio Link

काठमाडौं, नेपालमा चुच्चे ओखरको खेतिको सम्भावना राम्रो भएको कृषि विज्ञहरुले बताएका छन् । सामान्यतया ओखर भन्ने बित्तिकै दाँते वा हाडे ओखर भन्ने बुझिन्छ । तर नेपालमा पछिल्लो ५० वर्षदेखि चुच्चे ओखरको पनि खेति भईरहेको छ ।

 

युरोपमा मात्रै खेति हुने चुच्चे ओखर दक्षिण एसियामा भने नेपाल र भारतमा खेति गर्न सकिन्छ । चुच्चे ओखर खेतिका लागि मध्य पहाडका ५७ जिल्लामा उपयुक्त हावापानी छ । राष्ट्रिय फलफूल विकास केन्द्रका बागबानी अधिकृत धनबहादुर थापा मध्य र उच्च पहाडका होचा पहाडहरु जहाँपनि यसको खेति गर्न सकिने बताउनुहुन्छ ।

 

मकवानपुर, चितवन, कैलाली लगाएतका जिल्लाका पनि पहाडी भेगमा यसको खेति हुने उहाँ बताउनुहुन्छ । चुच्चे ओखर हेर्दा साधारण ओखर जस्तै देखिएपनि हातले नै फुटाउन सकिन्छ । नेपालमा यसको मूल्य प्रतिकेजी दुई हजारदेखि २५ सयमा बिक्रि भईरहेको छ ।

 

चुच्चे ओखरले रोपेको ७ देखि ८ वर्षपछि फल दिन थाल्छ । एक पटक रोपेपछि ५० वर्ष भन्दा बढि समय फल दिने चुच्चे ओखर एक रोपनी जमिनमा १० बोट लगाउन सकिने र एक हजार केजिसम्म उत्पादन गर्न सकिने हुन्छ ।

 

चुच्चे ओखरको विरुवा प्रतिगोटा ४० का दरले किर्तिपुरको राष्ट्रिय फलफूल विकास केन्द्रमा पाइन्छ । आफ्नो स्थानीय तहको सिफारिस लिएर विरुवाको लागि माग गर्न सकिने केन्द्रले जनाएको छ । पुस र माघमा मात्रै चुच्चे ओखरको बिरुवा रोप्न सकिने कृषिविज्ञहरु बताउँछन् । 
 

प्रतिकृया दिनुहोस