• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

अन्तरास्ट्रिय खेलाडी भन्दा जनप्रतिनिधि भएपछि ठूलो जिम्मेवारी हुदोरहेछ: वडाध्यक्ष चौधरी

अस्थायी प्राथमिक उपचार कक्ष संचालन गर्ने विचारमा छु : वडाध्यक्ष चौधरी

Fm Radio Link

अन्तर्राष्ट्रिय खेलाडी आशाराम चौधरी अहिले बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष निर्वाचित भएका छन् । उनी जनप्रतिनिधि भएपछि अन्तराष्ट्रिय खेलाडीको भन्दा कैयौं गुणा धेरै जिम्मेवारी बोध भएको अनुभव सुनाउँछन् । उनी भन्छन्  अन्तरास्ट्रिय खेलाडी भन्दा जनप्रतिनिधि भएपछि ठूलो जिम्मेवारी हुदोरहेछ । वार्ड न ४ वराहक्षेत्र नगरपालिकाको सबैभन्दा सानो वडा हो । भौतिक पुर्वाधारका साथै बजारक्षेत्र, बिद्यालय, विभिन्न संघ संस्थाका हिसाबले पनि यो वडा कान्छो नै छ ।

यिनै सेरोफेरोमा वडाध्यक्ष आशाराम चौधरी सँग पत्रकार अच्युत भट्टराईले गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

 

१. तपाईं निर्वाचित भए पछि अहिले सम्म गरेका उपलब्धी पुर्ण कामहरु बताइदिनुहोस ?

हाम्रो वडा अत्यन्तै बिकासका पुर्वाधार नभएको वडा थियो । अहिले हामी निर्वाचित भएर आएपछि हामिले पुर्वाधार लाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौ । हाम्रो वडामा पर्ने ७ कि। मि । बाटो नगरको रिङ्ग रोड को अवधारणा अन्तर्गत परेर ५० फिटको चौडाइमा स्तरोन्नति भैसकेको छ ।

 

धनपुरीको डेढ किलोमीटर बाटो स्तरोन्नति र ड्रेन लगाउने काम भएको छ । पुलाह र आन्द्रामोठको बाटो बिस्तार गर्ने र ड्रेन लगाउने काम क्रमागत रुपमा भैरहेको छ । पिडारीको बाटो बिस्तार स्तरोन्नति र साइडमा पर्खाल लाउने काम गरेका छौ । आन्द्रामोठ देखि लिएर ३० बिगाहा ६४ बिगाह जोड्ने साघुरो बाटोलाई बिस्तार गरेका छौ ।

 

यो ड्रेन र पर्खालको अवधारणा चाहिँ किन ल्याइयो भने हाम्रो बाटोहरु मिच्चिने काम पनि भैरहेको हुँदा बाटोको सिमाङ्कन पनि हुने र यो दिगो बिकास पनि हुने हुँदा । वडाका ठाँउ ठाउँमा कलभर्ट निर्माण भएका छन् । भगवती प्राबि र धनपुरिको सरस्वती माबिको भौतिक संरचनामा सुधार गरेका छौ । वडाकार्यालय एक दुई महिनामै बनिसक्दैछ । नहरबाट बिस्थापित भएका ७ घर सुकुम्बासीहरु ब्यबस्थित बसोबास गरायौ ।

 

२. वडाध्यक्षहरु प्रदेश तिर धाएर आफ्नो वडामा बजेट पार्न धेरै लागिपरेको देखिन्छ तपाईंले आफ्नो वार्डमा प्रदेशको बजेट बाट के कति काम गर्नु भएको छ ?

 

हाम्रो वडामा पनि प्रदेशका बजेट परेका छन् । जस्तो कि खोप केन्द्रलाइ १० लाख , आन्द्रामोठमा ड्रेनका लागि १० लाख , पुलाहामा १० लाख , सर्दुखोला कटान नियन्त्रणका लागि २० लाख यी गरिसकेका काम हुन । फेरि यो आर्थिक बर्षमा प्रदेश बाटै सर्दु खोला कटान नियन्त्रणका लागि ३५ लाख परेको छ , अरु पनि निरन्तर पहल गरिरहेको छु ।

 

३. यस वडाको स्वास्थ्य र शिक्षाको अवस्था कस्तो छ र?

हाम्रो वडा सम्पुर्ण कुरामा पछि नै रहेको वडाहो त्यस्तै स्वास्थ्य र शिक्षामा पनि अहिक पछाडिनै छ, अहिले भर्खरै खोप केन्द्र निर्माण सम्पन्न भैसकेको छ । अब स्वास्थ्य चौकी निर्माणका लागि पनि टेन्डर लागि सकेको छ एक बर्ष पछि त्यो सुबिधा पनि दिन सकिने छ, अब वडाको भवन सम्पन्न भए पछि कुनै एउटा कोठामा भए पनि अस्थायी प्राथमिक उपचार कक्ष संचालन गर्ने विचारमा छु । हामी सँग भगवती प्राबी र सरस्वती माबी धनपुरि गरि जम्मा २ वटा मात्र रहेका छन् ।  कम्प्युटर क्लास संचालनका लागि वडाबाट शिक्षक दिएका छौ । आइसिटी ल्याब जडान हुने अवस्था मा छ एउटा भवन निर्माण भैरहेको छ त्यो सम्पन्न भए पछि संचालनमा आउने छ । जम्टोकिमा रहेको एउटा प्राबी स्कुल हामी निर्वाचित हुनु पुर्वनै बन्द भैसकेको थियो त्यो स्कुल पनि आउने शैक्षिकसत्र बाट संचालन गर्ने तयारीमा छु ।

 

४. सामुदायिक बिद्यालयको पढाई खस्केको छ नि किन होला ?

यो एउटा भनाइ नै छ ” सरकारी काम कहिले जाला घाम ” त्यस्तै देखिन्छ । सामुदायिक बिद्यालयका शिक्षकहरू आयोग पास गरेर विभिन्न तालिम लिएर दक्ष भएर आएका छन् तर सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर उठ्न नसक्नु दुखको कुरा छ । साच्चै भन्नू पर्दा शिक्षकहरुको लापरबाही नै हो यो । यहाँ किन यस्तो भैरहेको छ अब तपाईं हामी समुदायले नै निगरानी गर्न सक्नु पर्छ । सिसि क्यामेरा राखेर भए पनि निगरानी गर्नु पर्छ र सामुदायिक बिद्यालयको पढाईलाई माथी उठाउनु पर्छ भन्ने मेरो बिचार छ ।

 

५. तपाईं निर्वाचित भए यता अहिले तेश्रो बजेट चल्दैछ । ऐन अनुसार पनि सार्वजनिक सुनुवाइ अनिवार्य गर्नु पर्ने हुन्छ तर यस वडामा अहिलेसम्म किन भएन ?

 

हो यो गर्नै पर्ने काम हो । गत बर्ष मैले चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखेर वडाका सबै क्षेत्रका मानिसहरू बोलाएको थिए । त्यो कार्यक्रमको आसय पनि सार्वजनिक सुनुवाइ जस्तै थियो। बिकास कम भयो भन्ने खालका अलि अलि कुराहरु आए सबैले हेर्ने बिकास नै हो । अहिलेसम्म सार्वजानिक सुनुवाइनै भनेर चाहिँ गरिएको छैन अब यस पटक बिचार गर्दैछु ।

 

६. सरकारले पनि कृषिलाई प्राथमिकता दिएको छ । तपाईंको वडा त कृषिका लागि पुर्ण योग्य देखिन्छ , यस वडामा कृषि बिकासका लागि के कस्ता कार्यहरु भैरहेका छन् ?

 

हो कृषि सम्बन्धि निकै योजनाहरु आएका छन् । नगरमा कृषि शाखाले विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु ल्याउने गर्छ , तर सूचना पाएर पनि यहाँका मानिसहरुले नगरपालिका सम्म गएर सेवा लिएको पाइदैन । गत बर्ष पिडारीमा १५ बिगहामा उन्नत जातको धान बाली कार्यक्रम परेको थियो सामुहिक रुपमा खेती गर्नु भयो निकै राम्रो उत्पादन भयो तर यो बर्ष निरन्तरता हुन सकेन । कृषिको बिकासका लागि संस्थागत तरिकाले जानू पर्ने देखिन्छ तर यहाँका कृषकमा त्यो किसिमको सोचाइ कम देखिन्छ । त्यसो हुँदा पहिले कृषकले ब्यबसायिक योजना लिएर आउनु पर्यो हामी उहाँहरुलाइ सरकारले दिने सेवा सुबिधा दिलाउन तयार छौ ।

 

७ पर्यटन बिकासको के सम्भावना छ वडामा ?

 

 हाम्रो नगर धार्मिक पर्यटकिय नगरको रुपमा चिनिन्छ । तर पनि यस कुरामा पनि पछि नै छ हाम्रो वडा कुनै पर्यटनका सम्भावित ठाँउहरुले खासै छुदैन । हाम्रो ४ नम्बरमा पर्ने आन्द्रामोठ एउटा एतिहासिक मेला हो हामीले त्यसको बिकास संगै अहिले त्यहाँ एउटा ट्रयाक निर्माण हुदैछ जुन रमणीय किसिमले मर्निङ वाल्क पनि गर्न सकिने । साथै ब्याडमिन्टन खेल्ने ठाँउ पनि । त्यो ठाँउ अमाह सिमसार संग जोडिएको छ ।

प्रतिकृया दिनुहोस