• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

अमेरिकाले खाडीको शान्ति सुरक्षा खतरामा पारेको इरानी राष्ट्रपतिको आरोप

Fm Radio Link

काठमाण्डौं, इरानका राष्ट्रपति हसन रूहानीले विदेशी शक्तिले खाडीको शान्ति सुरक्षा खतरामा पारेको आरोप लगाउनुभएको छ ।

 

अमेरिकाले साउदी अरबमा सेना खटाउन घोषणा गरेपछि उहाँले विदेशी शक्तिले सधैँ पीडा र दुःख ल्याएको भन्दै सैन्यबल प्रदर्शन गर्ने प्रतिस्पर्धामा उनीहरूको प्रयोग गर्न नहुने बताउनुभयो ।

 

साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले सेना परिचालन गर्ने घोषणा गरेको हो ।
 

प्रतिकृया दिनुहोस