• २०८१ बैशाख २६ बुधबार / Wednesday, May 08

नेपालमा अङगुर खेतीको सम्भावना राम्रो

Fm Radio Link

काठमाडौं, नेपालको तराईदेखि उच्च पहाडी भेगसम्म अङगुर खेतीको सम्भावना छ । तर अहिलेसम्म शत प्रतिशत अङ्गुर भारत र चीनबाट आयात हुने गरेको छ । विश्वमा ६० भन्दा बढि अङ्गुरका प्रजाति छन् । त्यसमध्ये नेपालमा चारवटा जातका अङ्गुर उत्पादन गर्न सकिन्छ ।

 

हरियो अङ्गुर, स्टुभिन, क्यामवेन, अर्लि जातको अङ्गुरको लागि नेपालको हावापानी उपयुक्त रहेको अङ्गुर अनुसन्धान केन्द्र बाँके खजुराका केशव बहादुरचन्द बताउनुहुन्छ । अङ्गुर खेतीको लागि पानी नजम्ने जमिन आवश्यक पर्छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइसम्ममा अङ्गुर खेती राम्रोसँग गरिन्छ ।

 

प्रदेश नम्बर ३ का प्राय सबै जिल्लामा अङ्गुर खेतीको सम्भावना छ । अरु प्रदेशका उच्च पहाडी जिल्लाहरुमा पनि अङ्गुर खेतीको राम्रो सम्भावना छ । यहि सम्भावना देखेर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अङ्गुरमा आत्मनिर्भर बन्ने योजना ल्याएको नगरपालिकाका प्रमुख ओमबहादुर बूढाले बताउनुभयो ।

 

नेपालमा खेतीको सम्भावना हुँदाहुँदै पनि ९५ प्रतिशत अङ्गुर आयात गर्नुपर्ने अवस्था छ । राष्ट्रिय फलफूल विकास केन्द्रका बागबानी अधिकृत धनबहादुर थापा किसानले प्राविधिक ज्ञान सिकेर अङ्गुर खेतीमा लाग्ने हो भने यसबाट मनग्गे आम्दानी गर्न सक्ने बताउनुहन्छ । अङ्गुरले विरुवा रोपेको तेस्रो वर्षदेखि उत्पादन दिन थाल्छ । यसलाई काँटछाँट गर्न जानियो भने प्रति हेक्टर १० मेट्रिक टनसम्म उत्पादन लिन सकिन्छ ।

 

अङ्गुर खेती गर्न चाहने किसानले जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र लगायत कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । अङ्गुरको विरुवा लिन चाहने किसानले कृषि अनुसन्धान केन्द्रहरुमा माग गर्न सक्नेछन् भने अङ्गुर रोप्ने उपयुक्त महिना पुस हो ।  
 

प्रतिकृया दिनुहोस