गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रमसुरु
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिले शिक्षा क्षेत्रमा नयाँ योजना लियाएको छ । गाउँपालिकाको आज सोमबार कार्यपालिका बैठकमा शिक्षा क्षेत्रमा नयाँ योजनाका साथ अगाडि जानेकुरामा शिक्षा समितिले पारित गरेको छ ।गाउँपालिका भित्र रहेको सामुदायिक विधालयहरु गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम गरेको हो ।
गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले हरिनगर गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा सत् प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् । तै पनि विद्यार्थीहरुको उपलब्धी स्तरमा खासै सुधार आउन नसकेको गुनासो यत्र तत्र सुनिन्छ ।
शिक्षामा सुधार नहुनुको कारण शिक्षकले तालिममा सिकेका ज्ञान तथा सीपहरु कक्षाकोठा सम्म पुग्न नसकेको, शिक्षकहरुले कम मिहिनेत गरेको, योजनाबद्ध शिक्षण नगरेको र शैक्षिक सामाग्रीको यथोचित प्रयोग नगरेकालगायतलाई मान्छि । तर वास्तविकता के हो त ? पत्ता लगाउनको लागि यो कार्यक्रम आयोजना गरेको वहाँले भने ।
आजको गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम हरिनगर गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता माद्यामिक विधालयमा विद्यार्थीहरु अध्यक्ष माज राखेको प्रश्नहरु कक्षा १० का विद्यार्थी अफ्ताब अन्सारीले खेलकुदगर्ने खेल मैदान छैन, शिक्षाकहरु समयमा बिधालय आउँदैन,कक्षाकोठामा कालोपाटी तल छ माथि झुंडयाउनु पर्ने छ भनेका थिए ।
विद्यार्थीहरुले प्रत्येक पाठ वा इकाईमा प्रयोग गरिने शैक्षिक सामग्री छैन , पाठ्यक्रम तथा शिक्षकको अभाव छ , कम्प्युटर, प्राजेक्टर जस्ता सामग्रीहरु छैन। सो हि क्रममा आज हरिनगरा माध्यमिक बिधालयमा पनिअध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम भएको छ ।गाउँपालिका अध्यक्षले बिधालयमा शिक्षाकहरु पाैशाकमा आउनु जरुरी रहेको बताए साथै विद्यार्थीहरुले शिक्षाक हरुको बारेमा धेरै गुनासो अध्यक्षमाज राखेका थिए ।
हरिनगरा उच्च माद्यामिक बिधालयका विद्यार्थीहरुले बिशारिरीक अभ्यास, खेलकुद, सास्कृतिक कार्यक्रम, गायन नृत्य बाद्यबादन, वादविवाद, वक्तृत्वकला, गीत कविता कथा संवाद निबन्ध लेखन, हाजिरजवाफ, हिज्जे, चित्रकला, हस्तकला जस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सिकाउन र संचालन गर्न गाउँपालिका अध्यक्षलाई भनेका थिए ।
अध्यक्ष गफार अन्सारीले विद्यार्थीहरु लाई अधिकार कर्तब्य थाहा पाउन र विद्यार्थी, अभिभाबक र सरोकारवालाहरु सँग प्रभावकारी सम्पर्क तथा छलफल गर्न आफू त्यार रहेको बताए ।
आज कार्यक्रम हरिनगर गाउँपालिकाको दुईवटा बिधालय जनता माद्यामिक बिधालय र हरिनगरा उच्च माध्यमिक बिधालयमा भएको थियो र सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत ,हरिनगर गाउँकार्यपालिका सदस्य सुशील कुमार ठाकुर , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अजित कुमार मल्लिक दुईवटा बिधालयको प्र. अ. ,शिक्षाक ,बिधालय व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति रहेकोे थियो ।
प्रतिकृया दिनुहोस5>