• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

विश्व बैंकको अनुदान लिने सरकारको निर्णय

Fm Radio Link

काठमाण्डौं, सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद् बैठकले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनभयो ।

 

त्यस्तै बैठकमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ । 

प्रतिकृया दिनुहोस