• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

बडादशै मान्न घर फर्केकाहरु कर्मथलो तिर जान सुरु

Fm Radio Link

वीरेन्द्र शाह, असोज २४ सुखड,
नेपालीहरुको महान चार्ड बिजया दशमीको टिका थापेर कर्मथलो फर्किनेहरुको सडकका मुख्य चोकमा भिड लाग्न थालेको छ । देश तथा बिदेश बाट दशै मान्न घर फर्केकाहरु अहिले कर्म फर्किन लागेको हुन । कैलालीका बिभिन्न बस काउन्टर हरुमा टिकट लिनको लागी यात्रुहरुको भिड बढेको हो । यस्तै सुखडमा पनि बस काउन्टरमा सुखड बाट बाहिर जानेहरुको भिड बढेको देख्न सकिन्छ ।

दशैको टिका थाप्न आफ्नो गाउँघरमा गएकाहरु कर्मथाले जान लागेको पाईन्छ ।सुखडमा घर भएका बिनोद जोशीले भने “दशै मान्न केही दिनको लागी घर आएको थिए । भोली काठमाण्डौँ जादै छु । कार्यालय बाट केही दिनको बिदा लिएर आएको हुँ । असोज २६ गते कार्यालयमा हाजिर हुनु छ उनले भने” । सरकारी तथा गैर सरकारी कार्यालयमा काम गर्नेहरु बडा दशै मान्न आफ्नो घर फर्किका छन । बडा दशै मनाएर आफ्नो गन्तब्यतिर फिर्किन थालेका छन् । विभिन्न कार्यमा संलग्नहरु आ–आफ्नो कार्यक्षेत्र जान थालेपछि बसपार्कमा यात्रुको घुईचो लाग्न थालेको छ ।

उच्च शिक्षा अध्ययनको लागि पनि जिल्ला छोड्नेको संख्या बढ्न थालेको छ । दशैंको पहिलो र दोस्रो दिन जिल्ला छोड्नेको संख्या सामान्य नै भए पनि तेस्रो दिन देखि भने चाप बढेको पाईन्छ । दशैमा सुनसान बनेको कैलालीको बिभिन्न बजारहरुमा बिस्तारै चहलपहल सुरु भएको छ । दशैको टिका थाप्न आफ्नो गाउँघरमा गएकाहरु बजारमा फर्किन थालेपछि चहलपहल सुरु भएको छ ।
 

 

प्रतिकृया दिनुहोस