मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको कोइरालाद्धारा निरीक्षण
पोखरा ।
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि कृषि फार्मको निरिक्षण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङको नमुना कृषि गाउँको अबलोकन गरेका हुन् ।
गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमुना कृषि गाउँको रुपमा विकास गर्ने गरि २०७५ चैत १०गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको औपचारीक रुपमा शुरुवात गरेको थियो । प्रदेश सांसदको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमुना कृषि गाउँ’को रुपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ वटा निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएको छ ।
कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङमा रहेको वातावरण मैत्री फार्म सांसद कोइरालाको सिफारिसमा गण्डकी प्रदेशको भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोगमा फार्म सञ्चालनमा आएको हो । सभापति कोइरालाले स्थानीयलाई फार्ममा पुर्वाधार निर्माण भएकोले अब ब्यवसायिक उत्पादनमा लाग्न आग्रह गरे । सांसद कोइरालाले किसानलाई परेको समस्या के छन भन्ने जिज्ञासामा किसानहरुले प्राविधिकको समस्या भएको बताएका थिए । प्राविधिक नहुदा आफुहरुलाई समस्या भएको पुर्वाधारको कामपनि केही पुरा हुन बाँकी रहेको किसानहरुको भनाई रहेको थियो ।
सांसद कोइरालाले मन्त्रालय संग समन्वय गरेर केही दिनमा प्राविधिक पठाउने बताए । रुपागाउँ पालिकाका अध्यक्ष नवराज ओझाले अबलोकन पछि फार्म ब्यबस्थीत रुपमा सञ्चालन गर्न आग्रह गरे ।आफुहरु बेला बेलामा निरिक्षणमा आउने बताउदै अध्यक्ष ओझाले अन्य ठाउँको भन्दा राम्रो फार्म सञ्चालन गर्न आग्रह गरे ।त्यहाँ दुई समुहले बंगुर पालन संगै प्लाष्टीक घर भित्र गोलभेडा खेती गर्दे आएका छन् ।
प्रतिकृया दिनुहोस5>