• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

नेपाल दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र

Fm Radio Link

पोखरा ।

विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत ११४० र छठ पर्व २०७६को पोखरा चेम्बर अफ कमर्स कास्कीले मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय मुद्दालाई सफल बनाउन सवै लाग्नु पर्ने बताएका छन । आर्थिक बृद्धिदर हासिल गर्नेमा नेपाल दक्षिण एशियामा दोश्रो राष्ट्र रहेको चर्चा गर्दै मुख्मन्त्री गुरुङले नेपाल अवको १० वर्षमा मध्यम स्तरको विकसित राष्ट्र बन्ने दावी गरे । 

उनले नेपालको व्यापार घाटा कम गर्न र नेपालीका प्रति व्यक्ति आय बढाउन तर्फ ध्यान दिनु पर्ने बताए । उनले प्रदेश सरकारले आर्थिक समृद्धि र दिगो विकासको राष्ट्रिय लक्ष्य र दिगो विकास लक्ष्यलाई हासिल गर्ने गरी काम गरेको बताए । 

चिनीया राष्ट्रपति सिजिन पिङले जे वोल्छन त्यही नीति बन्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा कुरा गर्दा पनि खिसी टिउरी गर्ने प्रवृत्तिले राष्ट्रिय अनुशासन कायम हुन नसक्ने बताए । उनले राष्ट्रिय एकतालाई सुदृढ बनाउदै सवै नागरिकले कर्तव्य पालन गर्नु पर्ने धारणा राखे । 

गण्डकी प्रदेशसभाका विकास समितिका सभापति दिपक कोइरालाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सवैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले निजी तथा सार्वजनिक क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल कम्युनिस्ष्ट पार्टी नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले चेम्बरले गर्ने रचनात्मक र सिर्जनात्मक काममा पार्टीको एक्यवद्धता र सहयोग रहने धारणा राखे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारी,पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनार, चेम्बरका वाणिज्य तर्फका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमबहादुर भुजेल,कमर्शका महासचिव उमराज बास्तोला लगायतले वोलेका थिए । 

प्रतिकृया दिनुहोस