• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

चालु आर्थिक वर्षको असोजसम्ममा पोखराबाट ३ हजारले लिए श्रम स्वीकृति

Fm Radio Link

पोखरा ।

श्रम तथा रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पुन ः स्वीकृति पोखराबाट दिन थालेपछि चालु आर्थिक वर्षको अहिलेसम्म ३ हजार ४ सय ७१ जनाले पुन श्रमः स्वीकृति लिएका छन । जसमध्ये पुरुष ३ हजार ३ सय ६३ जना छन भने महिला १ सय ८ जना छन ।

चालु आर्थिक वर्षको साउन महिनामा ९ सय ६६ जना पुरुष र ४१ जना महिला गरि १ हजार ७ हजारले श्रम स्वीकृति लिएका थिए । भदौ महिनामा १ हजार ३० पुरुष र २३ महिला गरि १ हजार ५३ जनाले श्रम स्वीकृति लिएको श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख गणेशप्रसाद श्रेष्ठले बताए । यसरी हेर्दा भदौ महिनामा १ प्रतिशतले श्रम स्वीकृतिमा वृद्धि आएको छ । भदौ महिनामा भन्दा असोज महिनामा श्रम स्वीकृति लिने संख्यामा वृद्धि भएको श्रेष्ठले जानकारी गराए ।

उनका अनुसार असोज महिनामा पुरुषको संख्या १ हजार ३ सय ६७ रहेको छ भने महिलाको संख्या ४४ छ । जम्मा १४ सय ११ जनाले श्रम स्वीकृति लिएका छन । यो भदौ महिनाको भन्दा १० प्रतिशत बढी हो । दशैं जस्तो चाडपर्वका कारण असोज महिनामा पुन श्रमः स्वीकृति लिनेको संख्यामा वृद्धि आएको श्रेष्ठको भनाई थियो ।

श्रम तथा रोजगार कार्यालय पोखराबाट श्रमिक आपुर्तिकर्ता ईजाजत पत्र लिएका कम्पनीहरु १४ पुगेका छन । जसमध्ये लाफा ब्रदर्श कन्सट्रक्सन प्रालि, बाला देवी प्रालि, भू.पू सैनिक सेक्युरिटी सर्भिस प्रालि, ईजि फ्यासिलिटिज प्रालि, सफल टाक्सफोर्स प्रालि, आले सप्लायर्स प्रालि, सित्तल टे«निङ्ग एण्ड सेक्युरिटी सर्भिस प्रालि, दि गुर्खाज रेञ्जर सेक्युरिटी सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालि, पृथ्वी गोर्खाज प्रालि, पश्चिमाञ्चल सेक्युरिटी सर्भिस प्रालि, हिमालयन एसेट प्रोटेक्सन प्रालि, लमजुङ्ग हिमालय सेक्युरिटी सर्भिस प्रालि, रेञ्जर सेक्युरिटी सर्भिस प्रालि रहेको छ । यि सबै कम्पनी गत आर्थिक वर्षमा दर्ता भएका हुन । यो आर्थिक वर्षमा लाफा इन्जिनियरिङ्ग वर्कस प्रालि दर्ता भएको श्रम तथा रोजगार कार्यालय पोखराले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस