• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

एसियाली विकास बैंकद्वारा नेपालको मुख्य ४ क्षेत्रका लागि ५६ अर्बको परियोजना स्वीकृत 

२० नगरपालिकामा समुदायमा आधारित खानेपानी तथा सरसफाईमा लगानी

Fm Radio Link

काठमाडौं, एसियाली विकास बैंक (एडीबी) ले पछिल्लो एक वर्षमा नेपाललाई ५६ अर्ब रुपैयाँको नयाँ परियोजना स्वीकृत गरेको छ ।

 

एडीबीको तथ्याङ्कअनुसार सन् २०१९ भित्र आएका नयाँ परियोजनामध्ये शहरी क्षेत्रको खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाका लागि १३ करोड डलर बराबरको नयाँ परियोजना कार्यान्वयनमा आइसकेको छ । परियोजनाले २० नगरपालिकामा समुदायमा आधारित खानेपानी तथा सरसफाईमा लगानी गरिरहेको छ ।

 

अन्य परियोजना भने २०१९ को सेप्टेम्बर र अक्टोवरमा स्वीकृत भएका छन् । बागमती नदिको सुन्दरता कायम राख्न दोस्रो चरणको परियोजनाका लागि ७ अर्ब २४ करोड रुपैयाँ बराबरको रकम स्वीकृत भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाका लागि २२ अर्ब ४२ करोड रुपैयाँको परियोजनालाई समेत यसै अवधिमा स्वीकृत गरिएको र यो रकम यस सडक खण्डलाई चार लेनमा स्तरोन्नती गर्न उपयोग हुनेछ ।

 

खाद्य सुरक्षा र कृषिको व्यवसायीकरणमा  ५ अर्ब ७५ करोड रुपैयाँ, ग्रामिण उद्यमलाई वित्तीय सहयोग गर्ने सम्बन्धी परियोजनाका लागि समेत ५ अर्ब ७५ करोड रुपैयाँ ऋण सहायता स्वीकृत भएको बैंकको तथ्याङ्कमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस