• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

राजदूतले आफ्नो तस्बिर दूतावासमा झुण्ड्याउन नमानेको ट्रम्पको आरोप 

Fm Radio Link

काठमाडौं, आफूमाथि महाअभियोग लगाउने सम्बन्धमा संसदको तल्लो सदनले गरिरहेको अनुसन्धानको क्रममा भएको सार्वजनिक सुनुवाईमा बयान दिएकी एक उच्च कूटनीतिज्ञको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा निन्दा गर्नुभएको छ ।

 

युक्रेनका लागि पूर्व अमेरिकी राजदूत मरी योवानाविचको ट्रम्पले आलोचना गर्नुभएको हो । मरीलाई ट्रम्पले राजदूतबाट फिर्ता बोलाउनुभएको थियो । मरी सुनुवाईको क्रममा उपस्थित भएको र बयान चल्दै गर्दा पनि ट्रम्पले धम्कीपूर्ण ट्वीट गरेको बताईएको छ ।

 

मरीले युक्रेनस्थित अमेरिकी दूतावासमा आफ्नो तस्बिर झुण्ड्याउन अस्वीकार गरेको ट्रम्पको आरोप छ । 
 

प्रतिकृया दिनुहोस