• २०८१ बैशाख २७ बिहीबार / Thursday, May 09

बाजुराको छेडेदहमा बालविवाहको दर उच्च

Fm Radio Link

बाजुरा, बाजुरा जिल्लाका ७ वटा स्थानिय तह मध्ये खप्तड छेडेदह गाउँपालिकामा सबै भन्दा धेरै बाल विवाह हुने गरेको पाईएको छ । बझाङमा अहिले पनि ७० प्रतिशत विवाह उमेर नपुगि हुने गरेको छ । त्यसमध्ये पनि खप्तड छेदेदह गाउँपालिकामा नै ५० प्रतिशत बालबिवाह हुने गरेको छ ।

 

जिल्लामा बाल विवाह घटाउनको लागि विभिन्न पहल भईरहदा खप्तड छेडेदह गाउँपालिकामा भने आफ्ना छोराछोरीलाई विवाह गर्न अभिभावकले नै दबाब दिने गरेका छन् । गाँउ बाल सञ्जाल अध्यक्ष करिस्मा विक अभिभाकले नै जोड दिएर बाल विवाह गराउने गरेको बताउनु हुन्छ । गाउँमा बाल विवाह रोक्नको लागि विभिन्न बाल सञ्जाल जनप्रतिनिधि र सरोकारवाला निकायले केही पहल त गरेका छन् । तर प्रभाबकारी भएको छैन ।  

 

अभिभावकले छिटै नातिनातिनाको अनुहार हेर्ने भन्दै छोरा, छोरीको विाह गरिदिन हतार गर्ने गरेका छन् । बाल विवाह न्युनिकरण गर्नको लागि गाउँमा बाल क्लब सक्रिय छन् । बाल क्लबको सक्रियतामा बाल बिवाहका मुद्धा वडा देखि जिल्ला प्रहरी कार्यलय सम्म पनि पुगेका छन् । तर उल्टै बालक्लबका बालबालिकालाइ नै धम्कि आउने गरेको छ । खप्तड छेडेदह गाउँपालिकाको पनि सबै भन्दा बढी वडा २ नम्बर मा बाल विवाह भएको पाईएको छ ।

 

बालविवाह रोक्नको लागि जनप्रतिनिधिलाइ पनि चुनौति भएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरामा गत आर्थिक वर्षमा १३ र यो आर्थिक वर्षमा २ गरी १५ वटा वाल विवाहका घटना दर्ता भएका छन् । 
 

प्रतिकृया दिनुहोस