वायुमण्डलमा कार्बनडाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च
काठमाडौं, सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च भएको वैज्ञानिकहरुले बताएका छन् ।
विश्व जलवायु सङ्गठनका अनुसार कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण वितेको दशकको औसत स्तरभन्दा माथि पुगेको छ । मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको स्तर पनि औसतभन्दा बढी पाइएको छ ।
सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ । यसैबीच वैज्ञानिकहरूले जलवायु परिवर्तनका अत्यन्त खराब असरहरूबाट जोगिन कार्बन उत्सर्जनको परिमाण एकदम छिटो घटाउनेतर्फ लाग्न आग्रह गरेका छन् ।
राष्ट्रसङ्घका वैज्ञानिकहरूका अनुसार समुद्री सतह बढ्दो छ भने बरफ समेत पग्लिरहेको छ । विभिन्न प्रजातीका जीवजन्तु मानवीय क्रियाकलापका कारण वासस्थान परिवर्तन गर्न बाध्य भइरहेको समेत उनीहरूले बताएका छन् ।
प्रतिकृया दिनुहोस5>