• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

बाल विवाहको चपेतामा सिरहा 

Fm Radio Link

अनिल चौधरी/सिरहा, अशिक्षा  कुरिती अन्धविश्वासको चपेटामा रहेको हाम्रो समाज अहिले सम्म बाल विवाह उन्मुलन गर्न असक्षम रहेको छ ।

 

लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बालविवाहले पारेका असर न्युनिकरणमा समस्या , चुनौती र सरोकारवालाहरुको भुमिका विषयक अन्तरकृया कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिकामा मंगलबार सम्पन्न भएको छ । धनगढीमाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा धनगढीमाई नगरपालिका भित्र रहेको सबै गाउँका माईन्जन , राजनितिककर्मी , वडा अध्यक्ष , महिला अधिकारकर्मी र सरोकार ब्यक्तिहरुको उपस्थिती रहेको थियो । धनगढीमाई नगरपालिकाको उपमेयर फुल कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितीमा धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरी हुनुहुन्थो ।

 

कार्यक्रमको सहकार्य समग्र जनउत्थान केन्द्र लहान र नागरिक सहकार्य मञ्च धनगढीले गरेको थियो । बाल विवाहका कारण हुने असर र यसबाट हुने क्षतिका विषयमा महिला अधिकारकर्मी रेणु कर्णले बताउनु भयो । समाजमा अहिले छोरा पाउन भ्रुण हत्या उग्ररुप लिएको र यसले पछि केटी किनेर विवाह गर्ने अवस्था आउँन सक्ने बताउँनु भयो  समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष भैरव गेलाल । कार्यक्रममा प्रत्येक गाउँबाट आउनु भएको मान्जनले पहिले कुरिती कुसंस्कार रितीरिवाजलाई परिमार्जन गर्दै सभ्य समाज निर्माण गर्ने तर्फ सबै एकजुट हुनु पर्ने बताउँनु भयो ।

 

कतिपय अभिभावकले आफ्नो छोरा छोरी उचित शिक्षा दिन नसकेर चाडै विवाह गर्ने गरेको छ त्यसका लागि धनगढी नगरपालिकाले अब कोही शिक्षाको पहुँचबाट बञ्चित नहोस भनेर प्लस टु सम्मको शिक्षा निशुल्क गरेको धनगढी नगरपालिकाका प्रवत्ता प्रकाश योन्जनले जानकारी दिनुभयो ।  प्रमुख अथितीमा धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले भन्नुभयो  हामी पहिला आफुबाट समाजबाट परिवर्तन होउ अनिमात्र परिर्वतन हुन्छ ।

 

हजारौ वर्ष देखि चलिआएको परम्परालाई समय सापेक्ष परिर्वन गर्न जरुरी रहेको छ । बाल विवाह उन्मुलन पार्न अब पारिवारिक अभियान , जनचेतना कार्यक्रम र सडक नाटक जस्ता कार्य गर्नुका साथै बाल विवाह गर्ने परिवार विरुद्ध नगरपालिकाले कडा कदम चाल्ने छ । 

प्रतिकृया दिनुहोस