नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगित
६० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर २४ गते चीन जाने कार्यक्रम
नेकपा अध्यक्ष प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर प्रचण्डले चीन भ्रमण तत्काल नगर्ने निष्कर्ष निकाल्नुभएको हो । प्रचण्डले चिनियाँ राजदूतलाई भेटेर आफू तत्काल चीन जान नसक्ने जानकारी गराउनुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री अस्वस्थ भएको अवस्थामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरू बीच सहमतिपछि चीन भ्रमण स्थगित गरिएको जनाइएको छ । नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर २४ गते चीन जाने कार्यक्रम तय भएको थियो । चीनमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम थियो ।
प्रतिकृया दिनुहोस5>