• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

केरा खेतीबाट तीन महिनामा दुईलाख आम्दानी

उज्यालो भएदेखि बेलुकैसम्म केरालाई गोडमेल गर्ने र हेरचाह गर्ने काम

Fm Radio Link

कालीकोट ,कालिकोटको शुभकालिका गाउँपालिका ३ का धर्म अधिकारी हिजोआज केरा खेतिमा ब्यस्त हुनुहुन्छ । बिहान झिसमिसे उज्यालो भएदेखि बेलुकैसम्म उहाँ केरालाई गोडमेल गर्ने र हेरचाह गर्ने काममा खटिनुहुन्छ ।

 

अधिकारीले केराखेतिबाटै तीन महिनामा दुई लाख रुपैयाँ आम्दानी गरिरहनुभएको छ । १६ वर्ष अघि धर्म छिमेकी देश भारतमा कामका लागि जानुभएको थियो । भारतमा कमाएको पैसाले घरपरिवार मुस्किलले धानिन्थ्यो । धर्मको परिवारमा १० जना सदस्य छन् । अहिले केरा खेतिबाटै परिवार पालिरहेको उहाँले सुनाउनुभयो ।

 

आफ्नै लगानीमा केरा खेती सुरु गरेको भन्दै उहाँले सरकारले दिने अनुदान पहुँच भएकाले मात्रै पाउने गरेकोमा गुनासो गर्नुभयो । यता शुभकालिका गाउँपालिकाले भने व्यवसायिक रुपमा खेती गर्ने किसानलाई सहयोग गरिने जनाएको छ । अधिकारीजस्ता किसानलाई सहयोग गर्ने नीति रहेको पालिका अध्यक्ष खडानन्द चौलागाँईले बताउनुभयो । 

प्रतिकृया दिनुहोस