• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

काठमाडौँ उपत्यकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

Fm Radio Link

काठमाडौँ, काठमाडौँ उपत्यकामा भएका सवारीसाधन दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । ललितपुर र भक्तपुरमा भएका दुई छुट्टाछुट्दै सवारीसाधन दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ करिब बजे ललितपुरको बालकुमारीमा बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

 

मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा लाजिम्पाटका दिवस किशोर भट्टराई र मोटरसाइकलको पछाडी बसेकी ललिता राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भट्टराई र राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्युभएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

गएराति भक्तपुरको च्यामासिंहमा बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट ११ वर्षीय एक बालकको मृत्य भएको छ । पैदल हिँडिरहेको बेल ट्रकले ठक्कर दिँदा बालक तिलक मकाजुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस