• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

नालामा डुब्दा ३५ वर्षे युवकको मृत्यु

Fm Radio Link

कञ्चनपुर, भीनपा–१५ को राधाकृष्ण टोल र हरीत टोलको सिमानामा रहेको गन्दानालामा खस्दा ३५ वर्षे युवकको मृत्यु भएको छ ।


बैलोरी भकुण्डा–५ मा स्थाई घर भएका हाल भीनपा– १५ हरीतटोलमा बसोबास गर्दै आएका वर्ष ३५ का लाल बहादुर चौधरीको जेष्ठ २४ गते नालामा डुबेर मृत्यु भएको हो । मृत्यक चौधरी हाल भीनपा १५ का हरीतटोलका  प्रयाग दत्त भट्टको खेती बनाउदै आएका थिए ।

 

दिउसो धानको विउको लागि युरिया लिएर आएका चौधरी सानो काठको पुलमा तर्न खोज्दा खसे पछि उनि डुबेका थिए । उनीे दायाँ खुट्टाका अपाङ्ग पनि थिए । स्थानिय बच्चाहरुले अन्दाजी ३ः३० बजे तिर पानीमा डुबेको देखे पछि उनलाई बचाउन पानी बाट निकाल्ने कोशिस गरेका थिए तर उनको मृत्यु भै सकेको थियो । 


उनको श्रीमति र दुई छोरी रहेका छन् । उनको शवलाई पोष्टमार्टको लागि महाकाली अञ्चल अस्पताल लगिएको थियो,  प्रहरीले मृत्त फेला परेका चौधरीबारे थप अनुसन्धान भै रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस