• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

बायर्न म्युनिक र म्यानचेस्टर सिटी युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा

Fm Radio Link

काठमाडौं, बायर्न म्युनिक र म्यानचेस्टर सिटीले गएराति युरोपेली च्याम्पियन्स लिगको नकआउट चरण यात्रा तय गरेका छन् । समूह ‘ए’ को खेलमा बायर्नले साल्सबर्गलाई ३–१ ले हरायो र चार खेलबाट लगातार जितसँगै १२ अंक बटुल्न सफल रह्यो । बायर्नको पहिलो गोल रोबर्ट लेवनडोस्कीको नाममा रह्यो ।

 

यसै समूहको अर्को खेलमा एटलेटिको म्याड्रिड र लोकोमोटिभ मस्कोले गोलरहित बराबरी खेले । समूह ‘सी’ मा सिटीले लगातार चौथो जितका लागि ओलम्पियाकोसलाई १–० ले हरायो । खेलको निर्णायक गोल फिल फोडेनले ३६ औं मिनेटमा गरे । समूहको अर्को खेलमा एफसी पोर्टोले मार्सेलाई २–० ले हरायो । समूह ‘बी’ मा रियल म्याड्रिडले इन्टर मिलानलाई २–० ले हरायो । त्यसमा एडेन हेजार्डले पेनाल्टीबाट गोलको खाता खोले । यो जितपछि पनि रियल समूहको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको बोरुसिया मुन्छेग्लाडबाखले अर्को खेलमा साख्तर डोनेस्कलाई ४–० ले पराजित ग¥यो ।

 

समूह ‘डी’ मा लिभरपुल भने एटलान्टाको हातबाट २–० ले स्तब्ध रह्यो । अर्को खेलमा आयाक्सले मिट्जल्यान्डलाई ३–१ ले हरायो । हारका बाबजुद लिभरपुल नौ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसपछि आयाक्स र एटलान्टाको समान सात सात अंक रहेको छ । 
–सीआईएन

 

प्रतिकृया दिनुहोस