• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

शिवराज नगरपालिकामा खेल महोत्सव हुने

Fm Radio Link

कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिकामा खेल महोत्सव हुने भएको छ ।  बिहिबार पत्रकार सम्मेलन गरि “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित यहि माघ २२ गते देखि महोत्सव हुन लागेको नगरपालिकाले जनाएको छ ।

 

नगर प्रमुख नेत्रराज अधिकारीले खेल महोत्सव बारे जानकारी दिँदै राष्ट्रलाई अन्र्तराष्ट्रिय जगत सम्म पहिचान गराउन खेलले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नगरका खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि खेल महोत्सवको आयोजना गरिएकोे बताए । यहि माघ २२ गतेबाट सुरु हुने खेल महोत्सवमा विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित, संघ संस्था क्लब स्तरिय मेयर कप र उप मेयर कप शिर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने उनले बताए । खेल महोत्सवलाई भव्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने समेत नगर प्रमुख अधिकारीले जनाए ।

 

खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताए । यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ ,महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने संयोजक वेल्वासेले जानकारी दिए ।

 

शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थिले पत्रकार सम्मेलनमा शिक्षा शाखाले तयार पारेको शैक्षिक दपर्ण पुस्तक सार्वजनिक गर्दै पन्थिले नगरको सम्पूर्ण शैक्षिक गतिविधीलाई पुस्तकमा समेटेको बताए । अव नगरको शिक्षाको अवस्था पुस्तकबाट नै थाहा पाउन सकिने समेत उनले जनाए । पुस्तकमा नगरका विद्यालयहरुको अवस्था, लगानी, विद्यार्थी संख्या लगायत नगरले विद्यालय व्यवस्थापनमा गरेका कामहरु उल्लेख गरिएको शिक्षा शाखा प्रमुख पन्थिले बताए ।

 

उक्त महोत्सव माघ २२ गते हुने उद्घाटन खेलमा शिवराज नगरपालिका, शिक्षकहरु र संचारकर्मी बीच मैत्रिपूर्ण फुटबल र डोरी तान प्रतियोगिता हुने समेत बताईएको छ । साथै विद्यान र दर्ता प्रक्रिय पुरा गरेका टीम समेत सो कार्यक्रममा सहभागी हुना सक्ने व्यवस्था रहेको नगर प्रमुख नेत्रराज अधिकारी जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस